शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हुस्सुले गौतम बुद्ध विमानस्थलकाे बिहानी उडान डिले

बुधबार, १८ पुस २०८०, १० : ३९
बुधबार, १८ पुस २०८०

बुटवल । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चिसो बढ्दै गएको छ । यद्यपि केही दिन अघिसम्म चलेको शीतलहर अहिले रोकिएको छ ।  

रुपन्देही, कपिलवस्तु,नवलपरासीमा आसपासमा सोमबार र मंगलबार शीतलहर चले पनि आज भने घाम लगेको छ ।   बुटवलमा पनि अहिले घाम लागिरहेको छ । 

विगतका वर्ष चिसाको कारणले दाउरा तथा अन्य राहत वितरण गर्नुपरे पनि यो वर्ष अझै सम्म वितरण गर्नुपर्ने अवस्था आएको छैन । 

बुटवल नगरपालिका प्रवक्ता शिव रानाले अहिलेसम्म सामान्य चिसो बढे पनि दैनिक जीवन कष्टकर नइ नसकेको बताए । उनले स्थानीयलाई दाउरा तथा अन्य राहत सामग्री वितरण गर्नुपर्ने अवस्था यो वर्ष नआएको बताए । 

उनले भने– बिहान– बेलुका चिसो भए पनि दिउँसोमा घाम लागेको छ ।  दाउरा तथा अन्य राहत वितरण गर्नु परेको छ्रैन । यदि परेको अवस्थामा हामी तयार छौँ ।

lumbini mausam (1)

चिसो कारणले  निजी विद्यालयहरूले अवस्था हेरेर केही दिन जाडो बिदा दिने गरेका छन् । तर अहिले सम्म रुपन्देहीमा स्थानीय बिदा  दिनुपर्ने अवस्था नआएको निजी विद्यालयका सञ्चालकहरूको संस्था एन प्यासन् रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडेले बताए । उनका अनुसार सामान्यता मङ्सिरदेखि माघसम्म चल्ने शीतलहरका कारण अवस्था हेरेर बिदा गर्ने प्रचलन हाम्रो थियो । तर यो वर्ष अहिलेसम्म बिदा दिनुपर्ने अवस्था आएको छैन । 

lumbini mausam (2)

यता रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध विमानस्थल यो सिजनमा हुस्सुका कारणले एक दिन मात्रै रोकिएको छ । अन्य दिन बिहानमा डिले भए पनि नियमित उडान नरोकिएको विमानस्थलले  जनाएको छ ।

गौतम बुद्ध विमानस्थलमा महाप्रबन्धक हंसराज पाण्डेयले यो सिजनमा एक दिन मात्रै रोकिएको अन्य दिन बिहान अलि ढिलो आकाश खुल्ने हुँदा डिले मात्रै भएको रातोपाटीलाई बताए । विमानस्थलमा १८ सय भिजिबिलिटी भएमा विमान चलाउन योग्य आकाश मानिन्छ । 

lumbini mausam (3)lumbini mausam (5)lumbini mausam (6)lumbini mausam (7)lumbini mausam (8)lumbini mausam (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप