‘रेड्मी १२सी’ मा छुट
काठमाडौँ । शाओमीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रङ्गहरूमा उपलब्ध छ । यो ४ जीबी प्लस ६४ जीबी र ६जीबी प्लस १२८ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।
रेड्मी १२ सी ४ प्लस ६४ जीबीको वास्तविक मूल्य १४ हजार ४९९ रुपैयाँ रहेकोमा यसको छुट मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै रेड्मी १२ सी ६ प्लस १२८ जीबीको वास्तविक मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छुट मूल्य १५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । रेड्मी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।
यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,‘अङ्ग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौँ र हामी विश्वस्त छौँ कि रेड्मी १२ सी को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण