गृह प्रशासन सुधारबारे पूर्व मुख्यसचिव नेतृत्वको समितिले माग्यो सुझाव
बुधबार, १८ पुस २०८०, १० : ५८
काठमाडौँ । गृह मन्त्रालय र अन्तरगतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागी गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित समितिले सुझाव मागेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मङ्सिरमा पूर्व मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यिय समिति गठन गरेका थिए ।
समितिले सुझाव माग्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ । गृह प्रशासन अन्तर्गतका निकायहरूको कार्य सम्पादन सुधार र क्षमता विकाशको लागि आफ्ना अमूल्य सुझावहरू दिन समितिले भनेको छ । अध्ययन समितिले चारवटा उप–समिति गठन गरेको छ । स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी सुधार र अध्यागमन व्यवस्थापन सुधार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन समितिले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण