खेल चलिरहँदा रङ्गशालामै ‘प्रेम प्रस्ताव’
काठमाडौँ । तपाईँलाई के लाग्छ ? दुई टोलीबिच खेल चलिरहेको क्रिकेट रङ्गशाला आफ्नी प्रेमिकासँग प्रेम प्रस्ताव राख्ने कत्तिको उपयुक्त थलो होला ? हजारौँ समर्थकले खचाखच भरिएको क्रिकेट स्टेडियम अनि, चारैतिर समर्थकहरूको होहल्ला । के तपाइँ आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने यो उपयुक्त अवसर सम्झनु हुन्छ ?
तर, एक व्यक्तिले आफ्नी प्रेमिकासँग प्रेम प्रस्ताव राख्न विश्वकै चर्चित मेलबर्न क्रिकेट स्टेडियमलाई उपयुक्त स्थलका रुपमा चयन गरेका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा अहिले चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बास लिग’ चलिरहेको छ ।
‘बिग बास लिग’ अन्तर्गत मंगलबार राति मेलबर्न क्रिकेट ग्राउन्डमा मेलबर्न स्टार्स र मेलबर्न रेनेगाड्सबिच खेल चलिरहेको थियो । खेलको पहिलो हाफ सकिएपछि एक सञ्चारकर्मी रङ्गशालामा उपस्थित समर्थकसँग प्रतिक्रिया लिन व्यस्त थिए ।
प्रतिक्रिया लिने क्रममा ती सञ्चारकर्मी एक समर्थकनजिक पुगे । ती पुरुष समर्थकको छेउको कुर्सीमा एक महिला समर्थक पनि बसेकी थिइन् । सञ्चारकर्मीले ती पुरुष समर्थकलाई उनको मन पर्ने टोलीको नाम सोधे ।
ती पुरुष समर्थकले आफू मेलबर्न स्टार्सको समर्थक रहेको बताए । त्यसपछि उनले आफ्नो छेउमा बसेकी महिलातर्फ देखाउँदै उनी मेलबर्न रेनेगाड्सको समर्थक रहेको जानकारी दिए । त्यसपछि ती पुरुष अचानक आफ्नो कुर्सीबाट उठे ।
अनि ती पुरुष समर्थकले घुँडा टेक्दै ती महिलासामु आफ्नो प्रेमको प्रस्ताव पनि राखे । उनको सबै गतिविधि सञ्चारकर्मीको भिडियोमा कैद भइरहेको थियो । ती पुरुषको अप्रत्याशितको गतिविधिपछि छेउछाउमा बसेका समर्थकहरू पनि आफ्नो सिटबाट उभिएर उनीहरूलाई नियाल्न थाले ।
त्यसपछि ती महिला समर्थकले पनि मन्द मुस्कानसहित टाउको हल्लाएर आफूलाई पुरुष साथीले राखेको प्रेम प्रस्ताव स्वीकार रहेको जनाउ दिइन । आफ्नी प्रेमिकाको स्वीकृति पाएपछि ती पुरुष समर्थकले प्रेमिकाको निधारमा चुम्बन गरे ।
सञ्चारकर्मीसँगै छेउछाउमा रहेका अन्य समर्थकहरुले पनि उनीहरूलाई बधाई दिए । त्यसपछि ती सञ्चारकर्मीले त्यो भिडियो सामाजिक सञ्जाल एक्स (तत्कालीन ट्वीटर) मा पोष्ट गरे । अहिले एक्समा त्यो भिडियो निकै भाइरल भइरहेको छ । भिडियो पोष्ट गरेको केही घन्टाको अवधिमै एक लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् । बिग बास लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा भने मेलबर्न स्टार्सले मेलबर्न रेनेगाड्सलाई आठ विकेटले हराएको थियो ।
What better place to propose than the @MCG? 💍
— 7Cricket (@7Cricket) January 2, 2024
Congratulations to this lovely couple 🙌#BBL13 pic.twitter.com/1pANUOXmu3
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण