व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी
कपिलवस्तु - कपिलवस्तु नगरपालिका– ८ दोहनी चोकमा रहेको नवदुर्गा हार्डवयर पसलका मालिकलाई घर जाने क्रममा गए राति अज्ञात समुहले कुटपिट गरी उनको साथबाट नगद सहित सामग्री लुटेर लगेको छ ।
मायाँदेवी गाउपालिका–७ हरनामपुर घर भई हाल दोहनी चोकमा पसल गर्दै आएका ३० वर्षीय रजक चौधरी राति आठ बजे पसल बन्द गरी लु ३० प ७४५ नंको मोटरसाईकलमा घर जाने क्रममा कपिलवस्तु नगरपालिका–७ सेरहीमा लुटिएका हुन् ।
बिपरीत दिशाबाट आएको भारतीय नम्बरको मोटरसाईकल(हिरो होण्डा)मा सवार मुखमा माक्स लगाएका दुई जनाको समुहले उनलाई रोकी कुटपिट गरी उनको साथमा रहेको नगद दुई लाख र २ वटा मोबाईल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कुटपिट गरी नगदसहित सामाग्री लुटेर उनिहरु दक्षिण तर्फ भागेको पिडित चौधरीले बताए । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका चौधरीको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण