व्यापारीसँग फिरौती माग्ने प्रहरी फन्दामा
कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज लगाएतका स्थानीय व्यापारीलाई एसएमएसमार्फत धम्की दिई फिरौती आतंक मच्चाउने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा महाराजगन्ज नगरपालिका–६ बटकी वुटनिया बस्ने ३१ वर्षीय सलिम मुसलमान छन् । कृष्णनगर नगरपालिका–९ बहादुरगन्जका स्थानीय व्यापारी अरुण कशौधन, राजेन्द्र गुप्ता लगाएतलाई एसएमएसमार्फत पाँच देखी दश लाख सम्म चन्दा मागेर आतंक मच्चाउँदै आएका मुसलमानलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनले मोबाईलबाट व्यापारीलाई एसएमएस पठाउँदै रकम माग्ने र नदिएमा अपहरण वा मार्ने सम्मको धम्की दिँदै आएको व्यापारीहरुले बताएका छन् ।
व्यापारीलाई धम्की दिई फिरौती मागेर हैरान गरेको भन्दै प्रहरीमा उजुरी परेपछि सलिमलाई यसै हप्ता प्रकाउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले रातोपाटीलाई जानकारी दिए ।
अभियुक्तलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण