पुल निर्माणको माग गर्दै दुई दिनदेखि सांसदको नेतृत्वमा सडक प्रदर्शन
काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सिमाक्षेत्रमा पर्ने बागमती पुल निर्माणको काम सुरु गर्न माग राख्दै स्थानीयले दुई दिनदेखि गौर–चन्द्रनिगाहपुर खण्ड ठप्प पारेका छन् । प्रदेश सांसदसहित स्थानीय रोडमै टेन्ट टाँगेर बसिरहेका छन् । २०६७ सालमा शिलान्यास भएको पुल १३ वर्ष बित्न लाग्दा सम्पन्न भएको छैन ।
तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्वाकांक्षी परियोजना अन्तर्गत वाग्मती पुलको शिलान्यास भएको १३ वर्ष बितिसक्दा पनि निर्माणको काम नसकिएपछि प्रदेश सांसद नागेन्द्र साहसहितका स्थानीयले सडकमै बसिरहेका छन् ।
विरोध स्वरुप सडकमा बसेको कांग्रेसका मधेश प्रदेशका सञ्चार सयोजक नितेश गुप्ताले जानकारी दिए । ‘हामी टेन्टमै खाने बस्ने गरेका छौं । जबसम्म पुल निर्माणको काम सुरु हुँदैन तबसम्म यहाँबाट हटदैनौँ,’ उनले भने, ‘शिल्यान्यास भएको एक दशक बढी समय बित्दा पनि पुल सम्पन्न हुने छाँट छैन ।’
चक्काजामले त्यस क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । पुलको सुरुमा लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकारेको थियो ।
२०६७ जेठ ३१ गते लिखित रुपमा हस्ताक्षर गर्दै २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गर्यो । सझौतापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण