पशुपतिनाथको आरतीमा कपीराइट प्रकरण : के हो वास्तविकता ?
काठमाडौँ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीबार एउटा सूचना जारी भयो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको थियो । उक्त क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपी राइट ऐन अन्तर्गत कारबाही हुने भनिएको छ ।
बुढासुब्बाले पशुपति विकास कोषबाट पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि लिएपछि यो सूचना जारी गरेको हो ।
सूचना सार्वजनिक पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । कतिपयले पशुपतिको दर्शन गर्न मनाई छ, गरे कारबाही हुन्छ भने भो नि भन्दै विरोध गरिरहेका छन् । कतिपयले किन र केका लागि भिडियो खिच्न नपाउने भन्दै प्रश्न गरिरहेका छन् ।
के अव सर्वसाधारणले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाउने हो ?
फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि पशुपति विकास कोषबाट स्वीकृत प्राप्त बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक नलगाएको बताएका छन् । सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउने तर व्यावसायिक प्रयोजनका लागि नपाउने उनको भनाई छ ।
‘पशुपतिको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि मैले प्रयोग गर्ने टेन्डर मार्फत स्वीकृत लिएको छु । व्यक्तिगत प्रयोजनका लागि जसले पनि खिच्न पाउँछ । त्यसमा मैले आपत्ति राखेको छैन’, गिरीले भने ‘पशुपतिको भिडियो हालेपछि विशेष गरेर भारत लगायत विभिन्न ठाउँबाट युट्युबमा कपी राइटको क्लेम आउँछ । त्यसका लागि हामीले रोक लगाएका हौ ।’ पशुपति विकास कोषसँग ५ वर्षका लागि टेन्डर मार्फत भिडियो र फोटोको राइट आफूले लिएको गिरीले खुलाए ।
‘मैले जिम्मा लिएको ६ महिना भैसकेको छ । एक करोड १४ लाख बैक ग्यारेन्टी छ । महिनाको एक लाख ८० हजार ८ सय रुपैयाँ तिर्छु’, गिरीले थपे ‘यति ठुलो रकम मैले त्यसै तिरेको होइन । त्यहाँको फोटो भिडियो व्यावसायिक प्रायोजनका लागि हो ।’ भिडियो तथा फोटो अन्यले पनि व्यावसायिक प्रयोजन गरिरहेको देखिएकोले आफूले सूचना निकालेको गिरीको भनाई रहेकोछ । ‘मैले कुनै पनि भक्तजनलाई अहिलेसम्म डिस्टप गरेको छैन । मात्र व्यावसायिक प्रयोग नगरिइदिनुस् भनेको हो । त्यो मैले भन्न पाउँछु’ गिरीले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण