आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

आइतबार, २२ पुस २०८०, १० : ५९
आइतबार, २२ पुस २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको कारोबार भाउ तय गर्दै सुनचाँदीकै मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप