शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य हुँदैन : इजरायली प्रधानमन्त्री

आइतबार, २२ पुस २०८०, २३ : ११
आइतबार, २२ पुस २०८०

तेल अविव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको  छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।

‘तीन महिनाअघि हमासले हाम्रोविरुद्ध भयानक नरसंहार गरेको थियो,’ उनले आइतवार विज्ञप्ति जारी गर्दै भनेका छन् । सरकारले  हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन् ।

‘हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,’ नेतन्याहुले भने । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप