लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य हुँदैन : इजरायली प्रधानमन्त्री
आइतबार, २२ पुस २०८०, २३ : ११
तेल अविव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।
‘तीन महिनाअघि हमासले हाम्रोविरुद्ध भयानक नरसंहार गरेको थियो,’ उनले आइतवार विज्ञप्ति जारी गर्दै भनेका छन् । सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन् ।
‘हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,’ नेतन्याहुले भने । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण