नेपाल विज्ञापन संघको अध्यक्षमा थापा निर्वाचित
काठमाडौँ । नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारणसभाले सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आइतवार भएको संघको साधारणसभाले थापाको नेतृत्वमा ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।
संघमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् भने ७ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्ष थापासहित प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकजलाल प्रधान, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।
सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल विजयी भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन् । सबै क्षेत्र समेटिएको यो कार्यसमिति ३ वर्षको लागि निर्वाचित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण