सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विज्ञापन संघको अध्यक्षमा थापा निर्वाचित

आइतबार, २२ पुस २०८०, २३ : ५५
आइतबार, २२ पुस २०८०

काठमाडौँ । नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारणसभाले सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।  आइतवार भएको संघको साधारणसभाले थापाको नेतृत्वमा ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।

संघमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् भने ७ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्ष थापासहित प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकजलाल प्रधान, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल विजयी भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन् ।  सबै क्षेत्र समेटिएको यो कार्यसमिति ३ वर्षको लागि निर्वाचित भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप