बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखक सम्मानित

सोमबार, २३ पुस २०८०, २१ : १४
सोमबार, २३ पुस २०८०

काठमाडौँ । अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखक सम्मानित तथा पुरस्कृत भएका छन् । 

नेपाल व्यावसायिक कलाकार संघद्वारा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठ सम्मानित भएका हुन् ।

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहमा उनले लामो समयदेखि निबन्ध, नियात्रा र कलालेखनमा संलग्न रहँदै आएका रातोपाटीका स्तम्भ लेखक ज्ञानेन्द्र विवशलाई उपमेयरले सम्मानपत्रसहित नारायणदेवी कलालेखन पुरस्कार प्रदान गरेकी थिइन् ।

उपमेयर डङ्गोलले पुरस्कारदाताहरुलाई मायाको चिनो पनि प्रदान गरेकी थिइन् । कलाकारहरुलाई सम्मानपत्रसहित नगद राशिको शैली र फूलमाला अर्पण गरिएको थियो । विभिन्न दाताहरुले स्थापना गरेको १५ वटा पुरस्कार तथा सम्मान सोमबार १५ जना कलासर्जकहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष आईबि मल्ल, नेपाल ललितकला प्रज्ञा९प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, भोला पौडेल, रोशन श्रेष्ठले आ–आफ्नो मन्तव्य प्रकट गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप