५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैंकले जनाएको हो ।
परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा औद्यौगिक क्षेत्र समेत केन्द्रीय बैंकले छुट्याएको छ ।
कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडानका क्षेत्र प्राथमिकतामा परेका छन् ।
यसैगरी यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवम् स्वास्थ्य, निर्माण (सिमेन्ट, डन्डी, इँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै ५ करोडसम्मका कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण