दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने
काठमाडौँ । नेपालमा दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने भएको छ । देशभर आगामी माघ १ देखि ७ गतेसम्म विभिन्न कार्याक्रम गरी राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने भएको हो ।
‘कृषि जैविक विविधता, हाम्रो अमुल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका कृषि जैविक विविधता सप्ताह मनाइने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) ले जनाएको छ । जलिय, पशुपन्छी, घाँसे बाली, कृषि–किरा, कृषि शुक्ष्म जीवाणु र परम्परागत ज्ञानको विषयमा एक साता छलफल र विभिन्न कार्याक्रम गरि मनाइने जीन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले बताए ।
नेपालमा कृषि जन्य जम्मा प्रजाति ६ हजार ६ सय १८ रहेको जाशीले बताए । उनका अनुसार देशभर पशुपन्छी, माछा, घाँसबाली, खाद्यन्न बाली लगायतका जम्मा जात एक लाखको हाराहारीमा छन् ।
खाद्य, पोषण, स्वस्थ, व्यावसाय र वातावरणको लागि कृषि जैविक विविधता आवश्यक भएकाले २०७९ सालबाट नेपालमा प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण