राष्ट्रिय भलिबल प्रतियोगिता : गण्डकीसहित तीन विभागीय टोली सेमिफाइनलमा
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमिफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन् । बुधबार बिहान १०ः३० बजे पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता सशस्त्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो ।
गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यसले समूह चरणका तीन खेल जितेर नौ अङ्क प्राप्त गरेको छ । बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पुलिस भने समूह चरणमा अर्को विभागीय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रुपमा नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो । आर्मीले समूह चरणका चारै खेल जितेर १२ अङ्क प्राप्त गरेको छ ।
बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमिफाइनलका दुई विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन् । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण