दुर्घटना
पोखराबाट रामपुर जाँदै गरेको जिप भीमादमा दुर्घटना, १२ जना घाइते
बुधबार, २५ पुस २०८०, ११ : १९
पोखरा । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो ।
ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार चालक सहित १२ जनालाई उद्धार गरिएको छ । घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण