शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

५ जना मृतावस्थामा फेला

बुधबार, २५ पुस २०८०, १६ : २२
बुधबार, २५ पुस २०८०

काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बारा, पाँचथर, काठमाडौँ, नवलपरासी पश्चिम र कालीकोटमा गरी ५ जना मृतावस्थामा फेला परेका हुन् । 
जसअनुसार-

  • बारा, कलैया उपमहानगरपालिका-१६ दोहरीस्थित पोखरीमा माछा मार्न आएका भारत पूर्वी चम्पारण बस्ने ४५ वर्षीय विरन सहनी आफू सुत्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • पाँचथर, कुम्मायक गाउँपालिका-१ फिक्कलस्थित गणेश श्रेष्ठको घरको आँगनमा सोही गाउँपालिका-१ गैरीगाउँ बस्ने ५५ वर्षीय सिंह बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका-२३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक जंगलमा रुपन्देही देवदह नगरपालिका-११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार सडिगलेको अवस्थामा फेला परेको छ । 
  • कालिकोट, शुभकालिका गाउँपालिका-४ ढाडुखाँडा घर भई खाँडाचक्र नगरपालिका-४ ऐरेडा बस्ने ४५ वर्षीय धनिराम चौलागाँई शुभकालिका गाउँपालिका-२ भर्तागाडस्थित तिला नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित तिला नदीमा माछालाई हालेको पासो निकाल्ने क्रममा ढुङगाबाट चिप्लन गई नदीमा खसेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप