जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन ७७ अर्ब अमेरिकी डलर चाहिन्छ– राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने जनाएको छ । आज ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा बढिरहेको जलवायु परिवर्तन रोक्न र यसबाट जोगिन स्रोतको व्यापक खाँचो रहेको उल्लेख गरेको छ । नेपालले सन् २०२३ सम्म दिगो विकासको लक्ष्य भेट्टाउने योजना बनाएको छ । त, यसका लागि चाहिने स्रोत विशाल रहेको समेत केन्द्रीय बैंकको भनाई छ ।
सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्ने नेपालको योजना सार्वजनिक क्षेत्रको मात्रै लगानीमा सम्भव नहुने केन्द्रीय बैंकको प्रक्षेपण छ । यसका लागि नेपालको निजी क्षेत्रले समेत लगानी बढाउनुपर्ने हुन्छ । यसका लागि निजी क्षेत्रले ‘हरित अर्थतन्त्र’ निर्माणमा आफ्नो दक्षता र क्षमतासहितको लगानी बढाउनुपर्ने बैंकले जनाएको छ ।
निजी क्षेत्रमध्ये पनि ‘जेरो कार्बन इमिसन’को लक्ष्य हासिल गर्न बैंक तथा वित्तीय क्षेत्रको लगानी अपरिहार्य हुने बताइएको छ । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’को मस्यौदामा यी विषय उल्लेख गरेको हो । यो मस्यौदामा सुझाव र राय माग गर्दै राष्ट्र बैंकले दुई महिनाभित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण