सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एपमार्फत अनलाइन क्यासिनो खेलाएको आरोपमा ३ जना पक्राउ

बुधबार, २५ पुस २०८०, २१ : ५७
बुधबार, २५ पुस २०८०

काठमाडौँ । एपमार्फत अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ताप्लेजुङ घर भएका २५ वर्षीया पुजन साँवा, सर्लाही घर भएका २१ वर्षीय निशानराज कार्की र सर्लाही घर भएका २५ वर्षीय निशान गौतम छन् ।

आरोपीहरूले ‘क्यास एप’, ‘मिल्की वे’, ‘फायर किरिन’ र अल्ट्रा पान्डा मार्फत अनलाइन सट्टेबाजी गराउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

आरोपीहरू काठमाडौँ उपत्यकाबाट पक्राउ परेका हुन् । उनीहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप