एपमार्फत अनलाइन क्यासिनो खेलाएको आरोपमा ३ जना पक्राउ
बुधबार, २५ पुस २०८०, २१ : ५७
काठमाडौँ । एपमार्फत अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका २५ वर्षीया पुजन साँवा, सर्लाही घर भएका २१ वर्षीय निशानराज कार्की र सर्लाही घर भएका २५ वर्षीय निशान गौतम छन् ।
आरोपीहरूले ‘क्यास एप’, ‘मिल्की वे’, ‘फायर किरिन’ र अल्ट्रा पान्डा मार्फत अनलाइन सट्टेबाजी गराउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आरोपीहरू काठमाडौँ उपत्यकाबाट पक्राउ परेका हुन् । उनीहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण