‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै हास्य कलाकार शिवहरि
काठमाडौँ । पछिल्लो समय हास्य सिरियलको बाढी आएको छ । यस्तैमा हास्य सिरियल ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्माण हुने भएको छ । सिरियलको निर्देशक हास्य कलाकार शिवहरि पौडेल हुन् ।
आमा बङ्गलामुखी फिल्म प्रालिको प्रस्तुति रहने सिरियलको लेखन समेत निर्देशक पौडेलकै रहनेछ । निर्देशक पौडेल र कलाकार खेम शर्माको मुख्य भूमिका रहने सिरियलमा अन्य कलाकार भने नयाँ रहनेछन् । सिरियलको विषयवस्तु समसामयिक र राजनीतिक हुनेछ ।
‘अहिले प्राय सिरियलमा कलाकार दोहोरी रहेका छन्’, पौडेलले भने– ‘केही नयाँ स्वाद दिनुपर्छ भनेर म नयाँ कलाकार लिँदैछु ।’ कलाकार मात्र नभएर विषयवस्तु समेत नौलो तरिकाले प्रस्तुत गर्ने पौडेलले सुनाए ।
शिवहरिले यस अगाडि ‘कुरापाति कलबहादुर काका’ नामको सिरियल बनाएका थिए । नेपाल टेलिभिजनको हास्य शृङ्खला ‘जिरे खुर्सानी’ सर्वत्र चिनिएका शिवहरिले केही अगाडि फिल्म ‘लक्का जवान’ निर्देशन गरेका थिए ।
कमेडी जनरामा सामाजिक विषयवस्तुमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलीप रायमाझी, प्रियङ्का कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, स्व.जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण