लुम्बिनीमा ट्रायल दिँदा चाहेको साधन प्रयोग गर्न पाइने
काठमाडौँ । लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा आफूले चाहेको सवारीसाधान प्रयोग गर्न पाइने भएको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले विभागीय प्रमुखहरुलाई यसबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
लाइसेन्सका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन आफूले निर्देशन दिएको राणाले रातोपाटीलाई जानकारी दिए । निजी वा आफूले चाहेको अन्य सवारी साधन ट्रालय दिँदा प्रयोग गर्न पाइनेगरी निर्देशन दिइएको र सो निर्देशन कार्यालयमा गइसकेको दाबी गरे ।
यसका लागि बुधबार मन्त्रालयको कार्यकक्षमा सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइएको उनको भनाइ छ ।
मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरुमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन समेत निर्देशन दिइएको बताए । कतिपय ट्रायल सेन्टरहरु झोलामा सीमित रहेको पाइएको भन्दै उनले अनुगमनपछि आवश्यक निर्णय लिइने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण