लुम्बिनीमा ट्रायल दिँदा चाहेको साधन प्रयोग गर्न पाइने

काठमाडौँ । लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा आफूले चाहेको सवारीसाधान प्रयोग गर्न पाइने भएको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले विभागीय प्रमुखहरुलाई यसबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
लाइसेन्सका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन आफूले निर्देशन दिएको राणाले रातोपाटीलाई जानकारी दिए । निजी वा आफूले चाहेको अन्य सवारी साधन ट्रालय दिँदा प्रयोग गर्न पाइनेगरी निर्देशन दिइएको र सो निर्देशन कार्यालयमा गइसकेको दाबी गरे ।
यसका लागि बुधबार मन्त्रालयको कार्यकक्षमा सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइएको उनको भनाइ छ ।
मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरुमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन समेत निर्देशन दिइएको बताए । कतिपय ट्रायल सेन्टरहरु झोलामा सीमित रहेको पाइएको भन्दै उनले अनुगमनपछि आवश्यक निर्णय लिइने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?
-
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?
-
सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
६ घर दलित परिवारको बाटो बन्द हुने गरी मन्दिरमा पर्खाल
-
आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा