अपराध
बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
बिहीबार, २६ पुस २०८०, २२ : ४२
काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले रातोपाटीलाई बताए ।
बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । उनी पुस २४ मा काठमाडौँको हात्तीगौंडाबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण