शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा पूर्व सांसदको क्लब गठन हुने

बिहीबार, २६ पुस २०८०, १९ : २१
बिहीबार, २६ पुस २०८०

पोखरा । गण्डकी प्रदेशका पूर्व सांसदहरुको साझा फोरम गठन हुने भएको छ । बिहीबार पहिलो कार्यकालका सांसदहरुको बैठक बसेर पूर्व सांसद क्लब गठन गर्ने निर्णय गरेका हुन् ।

तर समिति भने गठन गरिएको छैन । माघ २२ गते बस्ने भेलामा समिति गठन गरिने पूर्व सांसद दीपक कोइरालाले जानकारी दिए ।

‘यो भेला आयोजनाको लागि पूर्व तयारी बैठक हो । आगामी माघ २२ गते बस्ने भेलाबाट समिति गठन हुन्छ,’ उनले भने । भेलाले क्लबको विधान मस्यौदा गर्न छुट्टै समिति बनाएको छ । पूर्व सभामुख नेत्रनाथ अधिकारीको संयोजकत्वमा उपसभामुख सृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा सदस्य रहेको समिति गठन भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशवासीको हक हित प्रवर्द्धन गर्न मञ्च गठन गरिने पूर्व सांसद ओमकला चालिसेले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप