गण्डकीमा पूर्व सांसदको क्लब गठन हुने
पोखरा । गण्डकी प्रदेशका पूर्व सांसदहरुको साझा फोरम गठन हुने भएको छ । बिहीबार पहिलो कार्यकालका सांसदहरुको बैठक बसेर पूर्व सांसद क्लब गठन गर्ने निर्णय गरेका हुन् ।
तर समिति भने गठन गरिएको छैन । माघ २२ गते बस्ने भेलामा समिति गठन गरिने पूर्व सांसद दीपक कोइरालाले जानकारी दिए ।
‘यो भेला आयोजनाको लागि पूर्व तयारी बैठक हो । आगामी माघ २२ गते बस्ने भेलाबाट समिति गठन हुन्छ,’ उनले भने । भेलाले क्लबको विधान मस्यौदा गर्न छुट्टै समिति बनाएको छ । पूर्व सभामुख नेत्रनाथ अधिकारीको संयोजकत्वमा उपसभामुख सृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा सदस्य रहेको समिति गठन भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशवासीको हक हित प्रवर्द्धन गर्न मञ्च गठन गरिने पूर्व सांसद ओमकला चालिसेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण