दाङ बस दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त
शनिबार, २८ पुस २०८०, १२ : ०९
_XsHHb1De57.jpg)
बुटवल । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गएराति दाङमा भएको बस दुर्घटनामा प्रति दु:ख व्यक्त गरेका छन्।
भे.१ख.३९१२ यात्रुवाहक बस दाङको भालुवाङमा पुलबाट नदीमा खसेर भएको दुर्घटनाले र त्यसले निम्त्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको उनले बताए ।
आज बिहान एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न सम्बन्धित पक्षलाई आग्रह गरेको छन्।
उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित