साढे १८ लाख ऋणीले लिए ५० खर्ब ऋण
काठमाडौँ । राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै करिब ५० खर्ब रुपैयाँ हाराहारी कर्जा लगानी गरेका छन् । मंसिर मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा गरेका छन् । सो मध्ये ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी भएको हो ।
केन्द्रीय बैंकका अनुसार ५० खर्ब हाराहारी ऋण जम्मा १८ लाख ५८ हजार ३५५ जना ऋणीले चलाएका छन् । जसमध्ये वाणिज्य बैंकबाट १५ लाख २७ हजार ७१४ जनाले ऋणको उपभोग गरेका छन् भने विकास बैंकतर्फ २ लाख ८८ हजार ५७५ खातावालाले र विभिन्न बैंक तथा वित्त कम्पनीहरुबाट ४२ हजार ६६ खातावाला लाभान्वित भएका छन् ।
तर निक्षेप खातातर्फ ५ करोड ३३ लाख ३ हजार ३७८ खाताबाट कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा भएको केन्द्रीय बैंकले जनाएको छ ।
कूल डिपोटिज (निक्षेप) कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १११.८५ प्रतिशत हो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकको जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब हाराहारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण