सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै सबैभन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी

सोमबार, ०१ माघ २०८०, १४ : ५३
सोमबार, ०१ माघ २०८०

प्योङयाङ । उत्तर कोरियाले सोमबार विश्वकै सबैभन्दा तीव्र गतिको र लक्ष्यमा सटिक प्रहार गर्न सक्ने मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । यसलाई परमाणु हतियारबाट सुसज्जित गर्न सकिने सम्भावनासमेत रहेको बताइएको हो ।

किम जोङ उनले ‘सोलिड फ्युल्ड इन्जिन’ प्रयोग गरेर हाइपरसोनिक मिसाइललाई सफलतापूर्वक परीक्षण गरेको राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । प्योङयाङले यस्तो प्रकारको क्षेप्यास्त्रको सफल परीक्षणको दाबी गरेको यो चौथो अवसर हो ।

दक्षिण कोरियाली सेनाले उक्त मिसाइल करिब १ हजार किलोमिटर उडेर कोरियन प्रायद्वीपको पूर्वपट्टी समुद्रमा खसेको बताएको छ । सेनाले यो प्रक्षेपणले प्रायद्वीपको शान्ति र सुरक्षामा चुनौती थपिएको बताएको छ ।

कोरियाले सन् २०२१ को सेप्टेम्बर २८ मा पहिलोपटक हाइपरसोनिक मिसाइलका परीक्षण गरेको थियो । त्यसपछि जनवरी २०२२ को सुरुवातमा उसले थप दुईपटक यस्तो परीक्षण गरेको थियो । आइतबारको प्रक्षेपणले उत्तर कोरियाले प्रविधिमा ठुलो फड्को मारेको देखाएको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ ।

–सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप