आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

महाबौद्धमा हुण्डी कारोबार गर्ने २ जना पक्राउ

सोमबार, ०१ माघ २०८०, १५ : ५०
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् । 

काठमाडौँ महानगरपालिका-२२ महाबौद्ध एरियामा भीमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौँ महाबौद्धबाट पक्राउ गरेको हो । भीमसेनको साथबाट नगद ८ लाख रुपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रुपैयाँ र ७ लाख ९७ हजार रुपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप