अमिताभले अयोध्यामा किने करोडौंको जग्गा, राम मन्दिरनजिक घर बनाउने
नयाँ दिल्ली । बलिउडका महानायक अभिताभ बच्चनले अयोध्यामा घर बनाउने भएका छन् । ताजा रिपोर्टस्का अनुसार उनले अयोध्यामा करोडौंका प्लट किनेका छन् ।
सो जग्गामा उनले घर बनाउँदैछन् । यस्तो गर्ने उनी बलिउडका पहिलो स्टार हुन् । बिग बिको आध्यात्मिक रुचि देखेर फ्यानहरु पनि निकै खुसी देखिएका छन् ।
अयोध्या आध्यात्मिक राजधानीको रुपमा चिनिन थालेको छ । राम मन्दिर बनिरहेको छ । २२ जनवरीमा राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदैछ । यस्तोमा अमिताभ पनि रामको गितमा मग्न हुन तयार छन् ।
हिन्दुस्तान टाइम्सको खबरका अनुसार बिग बिले सेभेन स्टार प्रोजेक्ट ‘द सरयू’मा एउटा प्लट किनेका छन् । यो प्लट सरयू नदी नजिक छ । यो प्लट रामभूमि मन्दिरबाट १५ मिनेटको दूरीमा छ । यो जग्गा अयोध्या अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा घण्टाको दूरीमा छ ।
खबरका अनुसार अमिताभले १० हजार वर्ग फिटको जमिन किनेका छन् । यसको मूल्य साढे १४ करोड भारु भएको बताइएको छ । २२ जनवरीमा हुन लागेको प्राण प्रतिष्ठामा सहभागी हुनका लागि अमिताभलाई पनि निम्तो गएको छ । समारोहमा सहभागी हुन बिग बिबाहेक रजनीकान्त, रणवीर कपूर, आलिया भट्ट, राम चरण, दीपिका चिखलिया, अरुण गोविल, सुनील लाहिरी कंगना रनौतलाई पनि निम्तो दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण