स्वास्थ्य
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
मङ्गलबार, ०२ माघ २०८०, १९ : ०१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण