लम्पी स्किनबाट ७६ अर्ब ४ लाख रुपैयाँ बराबरको क्षति
काठमाडौँ । देशभर लम्पी स्किन रोगका कारण ७६ अर्ब रुपैयाँ बराबर भन्दा बढीको क्षति भएको छ । नेपाल पशु चिकित्सा परिषद्का अनुसार ७६ अर्ब ४ लाख रुपैयाँको क्षति भएको हो ।
पशु स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ । मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ रहेको परिषद्ले जनाएको छ । देशभर १७ हजारभन्दा बढी पशु चौपाया अझै लम्पी स्किन सक्रिय सङ्क्रमित छन् ।
विभागका अनुसार देशभर कुल गाईभैँसीको सङ्ख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु सङ्क्रमित भएका थिए । सङ्क्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १२ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।
सङ्क्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको विभागको तथ्यांकमा उल्लेख छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।
आगामी दिनमा पशुचौपायामा लम्पी स्किन रोग लाग्न नदिनका लागि सरकारले भ्याक्सिन उत्पादनको तयारी गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण