प्रतिबन्धका बिच वैदेशिक रोजगारीका लागि रुसमा गए नेपाली

काठमाडौँ । रुस र युक्रेनबिचको युद्धका कारण ती दुवै देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध छ । सरकारले दुवै देशमा जान रोक लगाएको छ भने श्रम स्वीकृति दिन समेत बन्द गरेको छ ।
तर, वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा २ जना नेपालीले रुसका लागि श्रम स्वीकृति लिएको देखिन्छ । एक जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने एक जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
विभागले पुस १९ गते एक सूचना जारी गर्दै रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगित गरेको जनाएको थियो ।
अघिल्लो महिना मंसिरमा ४० जनाले रुस जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा ३९ जना पुरुष र १ जना महिला थिए । त्यसमा ३५ जनाले श्रम स्वीकृति लिएका थिए भने ५ जनाले मात्रै पुनः श्रम स्वीकृति लिएका थिए ।
विभागले सूचना जारी गर्नुअघि नै ती नेपाली रुसको श्रम स्वीकृति लिएर गएको विभागको भनाई छ । युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिने काम स्थगन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन