प्रतिबन्धका बिच वैदेशिक रोजगारीका लागि रुसमा गए नेपाली
काठमाडौँ । रुस र युक्रेनबिचको युद्धका कारण ती दुवै देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध छ । सरकारले दुवै देशमा जान रोक लगाएको छ भने श्रम स्वीकृति दिन समेत बन्द गरेको छ ।
तर, वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा २ जना नेपालीले रुसका लागि श्रम स्वीकृति लिएको देखिन्छ । एक जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने एक जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
विभागले पुस १९ गते एक सूचना जारी गर्दै रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगित गरेको जनाएको थियो ।
अघिल्लो महिना मंसिरमा ४० जनाले रुस जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा ३९ जना पुरुष र १ जना महिला थिए । त्यसमा ३५ जनाले श्रम स्वीकृति लिएका थिए भने ५ जनाले मात्रै पुनः श्रम स्वीकृति लिएका थिए ।
विभागले सूचना जारी गर्नुअघि नै ती नेपाली रुसको श्रम स्वीकृति लिएर गएको विभागको भनाई छ । युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिने काम स्थगन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण