मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गए

बुधबार, ०३ माघ २०८०, १६ : ३३
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली घटेको पाइएको छ । 

मंसिर महिनाको तुलनामा पुस महिनामा कम नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका हुन् । मंसिरको तुलनामा पुस महिनामा २ हजार १०८ जनाले कमी आएको छ ।

तरपनि पछिल्लो समय यूएई नेपालीहरूका लागि प्रमुख रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ । पुस महिनामा वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी यूएई गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा १६ हजार ३८५ जनाले यूएई जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरुष र २ हजार ५२५ जना महिला छन् ।

यूएईमा १० हजार ४६ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ८ हजार ४५२ जना पुरुष र १ हजार ५९४ जना महिला रहेका छन् । ६ हजार ३३९ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो महिना मंसिरमा भने युएईका लागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा १५ हजार ९७८ जना पुरुष र २ हजार ५१५ जना महिला रहेका थिए । मंसिरमा १० हजार ४९६ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ९ हजार ५९ जना पुरुष र १ हजार ४३७ महिला रहेका थिए । मंसिरमा ७ हजार ९९७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप