एक महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गए
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली घटेको पाइएको छ ।
मंसिर महिनाको तुलनामा पुस महिनामा कम नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका हुन् । मंसिरको तुलनामा पुस महिनामा २ हजार १०८ जनाले कमी आएको छ ।
तरपनि पछिल्लो समय यूएई नेपालीहरूका लागि प्रमुख रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ । पुस महिनामा वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी यूएई गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा १६ हजार ३८५ जनाले यूएई जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरुष र २ हजार ५२५ जना महिला छन् ।
यूएईमा १० हजार ४६ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ८ हजार ४५२ जना पुरुष र १ हजार ५९४ जना महिला रहेका छन् । ६ हजार ३३९ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो महिना मंसिरमा भने युएईका लागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा १५ हजार ९७८ जना पुरुष र २ हजार ५१५ जना महिला रहेका थिए । मंसिरमा १० हजार ४९६ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ९ हजार ५९ जना पुरुष र १ हजार ४३७ महिला रहेका थिए । मंसिरमा ७ हजार ९९७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण