मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामा वैदेशिक रोजगारीका लागि १८७ नेपाली बेलायत गए

बुधबार, ०३ माघ २०८०, १६ : ४९
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् । १८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका हुन् । 

यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप