एक महिनामा वैदेशिक रोजगारीका लागि १८७ नेपाली बेलायत गए
बुधबार, ०३ माघ २०८०, १६ : ४९
काठमाडौँ । वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् । १८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका हुन् ।
यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण