शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामा वैदेशिक रोजगारीका लागि ५१ नेपाली अमेरिका उडे

बुधबार, ०३ माघ २०८०, १६ : ५४
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । एक महिनाको अवधिमा ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका गएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

जसमा ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । ती सबै व्यक्तिगत श्रम स्वीकृतिबाट अमेरिका गएका हुन् । जसमा ३८ जना (३४ पुरुष र ४ महिला) ले श्रम स्वीकृति लिएका हुन । बाँकी १३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । मंसिर महिनामा भने ७२ जना अमेरिका गएका थिए । जसमा ६५ जनाले श्रम स्वीकृति लिएका थिए भने ७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप