काम गर्न नामै नसुनेका देशमा पनि जान्छन् नेपालीहरू
काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपालीहरू जाने भनेको मलेसिया तथा खाडी मुलुक हो । पछिल्लो समय यूरोपका विभिन्न देशमा पनि नेपालीहरूको आकर्षण बढ्दो छ । तर, कुनै यस्ता पनि देश छन्, जसको नामै सुनिँदैनन्, त्यस्ता देशहरूमा समेत नेपाली काम गर्न जाने गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नामै नसुकेका देशहरूमा समेत नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका हुन् । ती देशहरूमा प्राय व्यक्तिगत श्रम स्वीकृति नै लिएर जाने गरेका छन् ।
त्यसरी कामका लागि जानेमा अंगोला, बमासास, बारबाडोस, बोस्निय एण्ड हेर्जेगोभिना, ब्रिटिस भर्जिन आइसल्याण्ड, कोटे ड्ल्भोरे लगायतका देश रहेका छन् । त्यस्तै पलाउ, सिन्ट मार्टिन, सिइरेर लियने, टोगो जस्ता देशमा समेत नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । ती देशहरूमा एकदमै न्यून संख्यामा नेपालीहरू जाने गरेका छन् । सरकारले श्रम स्वीकृतिका लागि १११ देशमा मान्यता दिएको छ ।
तीमध्ये हाल अफगानिस्तान, इराक र लिबिया गरी तीन देशमा प्रतिबन्ध छ । ती बाहेक अन्य देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण