श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल सुरु
काठमाडौँ । श्रम आप्रवासन नीति प्रारम्भिक मस्यौदामाथि छलफल थालिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाउन लागेको श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल थालेको हो। मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाले आफ्नो धारणा राखेका थिए।
श्रम मन्त्रालयले श्रम विज्ञ डा। गणेश गुरुङको संयोजकत्वमा श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले श्रम आप्रवासन नीतिबारे सरोकारवालासँग छलफल गर्दै मस्यौदा तयार पार्नेछ।
छलफलको क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाएर लैजाने बताएका थिए। वैदेशिक रोजगारीमा देखिएका समस्यालाई समाधान गर्दै यसलाई व्यवस्थित गर्दै लैजानेमा उनको जोड थियो ।
त्यस्तै मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले कार्यदलले सरोकारवालाबाट आएका सुझाव समेटेर मस्यौदा बनाउने अपेक्षा गरे। वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेमा कार्यदलले मस्यौदामा उल्लेख गर्नुपर्ने उनले बताए।
त्यस्तै कार्यक्रममा विभिन्न सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट धारणा प्रस्तुत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण