पुराना सवारी लिलाम गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेका २०१० देखि २०१४ मोडलका चारपांग्रे सवारी न्यूनतम मूल्य राखेर लिलाम बिक्री गर्ने भएको हो ।
बिहीबार एक सूचना जारी गर्दै बैंकले इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले १८ दिन अर्थात् २०८० माघ २१ गते भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । बोलपत्रको २०८० माघ २२ गते दिउँसो २ः३० बजे हुनेछ ।
सूचना अनुसार २०१० मोडलको बा ८ च ७९७० नम्बरको डाइहाट्सु टिरसको न्यूनतम मूल्य ९ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने २०१२ मोडलको बा ९ च ७३७४ नम्बर छिभोरेट ट्राभल्सको मूल्य ७ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी केन्द्रीय बैंकले बेच्न चाहेको २०१२ मोडलको बा ९ च ७३७५ नम्बरको छिभोरेट टेभराको मूल्य ६ लाख ६३ हजार रुपैयाँ तोकिएको छ भने २०१२ मोडलकै बा ९ च ७३७६ नम्बरको छिभोरेट टेभराको ६ लाख ८३ हजार रुपैयाँ, २०१२ मोडलकै अर्को बा ९ च ७३७९ नम्बरको छिभोरेट टेभराको ७ लाख ८ हजार रुपैयाँ र २०१४ मोडलको बा १२ च ८२७५ मोडलको किया स्पर्टेजको मूल्य २५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण