ईपीएस भाषा परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा फिर्ता
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो ।
ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फारम आह्वान गरेको गरिएको थियो । त्यो बेला १ लाख ६४ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् ।
धेरै व्यक्तिले एकैपटक आवेदन फारम भर्ने क्रममा अनलाइन सिस्टम नै स्लो भएको थियो । जसले गर्दा पैसा तिरेको नदेखिने तर, सिस्टमले पैसा भने काटेको थियो । कतिपयको एक पटकभन्दा बढी पटक पैसा काटेको थियो । ईपीएस कोरिया शाखाले उक्त बढी भुक्तानी भएको पैसा फिर्ता गरेको हो ।
ईपीएस कोरिया शाखाले एक पटकभन्दा बढी आवेदन शुल्क भुक्तानी भएको आवेदकहरूको बढी भुक्तानी भएको शुल्क जुन एकान्टबाट भुक्तानी भएको थियो सोही एकाउन्टमा फिर्ता गरिएको जनाएको छ । परीक्षा फारम भर्दा प्रयोग गरेको आफ्नो एकाउन्ट चेक गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
यो पटक उत्पादनमूलक क्षेत्रका अहिलेसम्मकै सबैभन्दा बढीले आवेदन फारम भरेका छन् । पानी जहाज निर्माण क्षेत्रका लागि २०२३ मा आवेदन फारम भरेकाहरूलाई समेत अवसर दिएपछि आवेदन फारम भर्नेको संख्या १ लाख ६४ हजार ७१६ पुगेको थियो ।
आवेदन शुल्क २८ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । उक्त संख्यामा फारम भर्दा ४६ लाख १२ हजार ४८ अमेरिकी डलर शुल्क उठेको थियो । उक्त रकमको नेपाली रूपैयाँमा हिसाब गर्दा (एक डलर बराबर १३२.९८ रूपैयाँ) ६१ करोड ३३ लाख १५ हजार ६७७ हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण