नेकपाले भन्यो–ताइवान चीनको अभिन्न अंग हो
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘एकीकृत चीन’ पार्टीको नीति भएको स्पष्ट पारेको छ ।
बुधबार प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्तिमार्फत चीनको दृष्टिकोण र नीतिमा आफ्नो पार्टी र नेपाली जनता दृढताका साथ उभिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको भन्दै एक चीन नीतिको पक्षमा नेकपा उभिएको छ ।
शनिबार भएको निर्वाचनमा ताइवानको नयाँ राष्ट्रपतिमा सत्तारूढ पार्टी डेमोक्रेटिक पीपुल्स पार्टी (डीपीपी)का विलियम लाई विजयी भएका थिए । ताइवान मामिलामा अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले उत्तेजक प्रशंसा गरेर ताइवान र चीनबिच अशान्ति र द्वन्द्व सृजना गर्न खोजिरहेको आरोप लगाएको छ । ‘हाम्रो पार्टी यस प्रकारको उत्तेजक अभिव्यक्तिको घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
विलियम राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बधाई दिँदै ताइवान क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अमेरिकाको सहयोग जारी रहने बताएका थिए । ब्लिन्केनले जारी गरेको वक्तव्यलाई लिएर चीन सरकारले असन्तुष्टि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण