सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

शुक्रबार, ०५ माघ २०८०, १९ : १८
शुक्रबार, ०५ माघ २०८०

पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलमा अध्ययनरत ३ वर्षीय समीर कार्कीको मृत्यु भएको हो । 

उनी नर्सरी कक्षामा अध्ययनरत थिए । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा मृत घोषणा गरेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप