शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

असारभित्र चुक्ता पुँजी पुर्याउने सकस : दर्जन भन्दावढी संस्था गाभिदै

मङ्गलबार, ३० जेठ २०७४, ११ : ४८
मङ्गलबार, ३० जेठ २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको समय सीमाभित्र चुक्ता पुँजी पु¥याउन कठिन भएपछि दर्जानौ संस्था एक आपसमा गाभिने तथा ठूला संस्थाले प्राप्ति गर्नेक्रम वढेको छ । आगामी असार मसान्तभित्र केन्द्रिय बैंकले तोकेको पुँजी पु¥याउनुपर्ने भएपछि बैंक तथा वित्तिय संस्थालाई संकट परेको हो । 
अहिले ‘क’ वर्गका केही बैंकले मात्र चुक्ता पुँजी पु¥याएका छन् । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले भने राष्ट्र बैंकले भने अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याएका छन् । यी बैंकहरुले तेस्रो त्रैमासिक अवधीसम्ममा तोकिएको पुँजी पु¥याइ सकेका छन् । 
यस्तै, ग्लोवल आइएमई, नेपाल बैंक, नविल बैंक, एनआइसी एसिया, एनएमवी बैंक, माछापुच्छ«े, हिमालयन लगायतका बैंकको पनि यो अवधीमा चुक्ता पुँजी ६ अर्ब माथि पुगिसकेको छ । ग्लोवल आइएमई र नेपाल बैंकको त ७ अर्ब रुपैयाँ भन्दावढी चुक्ता पुँजी छ । जसले गर्दा ती बैंकलाई तोकिएको समयमा चुक्ता पुँजी पु¥याउन सहज हुने देखिएको छ । 
तर, २८ वटा वाणिज्य बैंकहरु मध्ये अधिकाशंको चुक्ता पुँजी तेस्रो त्रैमासिक अवधीसम्म आइपुग्दा राष्ट्र बैंकले दिएको समयावधीमा ८ अर्व पुग्न मुस्किल देखिएको छ । सोही कारण अहिले कम चुक्ता पुँजी हुने बैंक तथा वित्तिय संस्थाहरु उक आपसमा गाभिन जोडतोडका साथ लागेका छन् । कतिपयले साना वित्तिय संस्था प्राप्ति समेत गरिरहेका छन् । 
नेपाल राष्ट्र बैंकले मंगलबार मात्र इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक प्राप्ति गर्ने अन्तिम अनुमति प्रदान गरेको छ । यस्तै, सिभिल बैंकलाई पनि युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स प्राप्ति गर्ने अन्तिम स्वीकृती राष्ट्र बैंकले दिएको छ । आज मात्र राष्ट्र बैंकले दिएको अन्तिम स्वीकृती अनुसार यति डेभलपमेन्ट बैंक महालक्ष्मी विकास बैंकसँग मर्ज हुदैछ । 
भिवोर सोसाइटी पनि लुम्विनी फाइनान्सलाई मर्ज गर्दैछ । यो अन्तिम स्वीकृती पछि यी संस्थालाई अव मर्जरमा जान वाटो खुलेको हो । उनीहरु असारभित्रै मर्जरमा जादैछन् । यस्तै, देव विकास बैंकलाई साझा विकास बैंक प्राप्ति गर्ने सैद्धान्तिक स्वीकृती पनि राष्ट्र बैंकले प्रदान गरेको जनाएको छ । यस्तै, एभरेष्ट बैंक र लक्ष्मी बैंक मर्ज हुने चर्चा समेत सुरु भएको छ । आफ्नो एकल स्वामित्व तथा साना संस्था गाभ्दा, हकप्रद, वोनस सेयर जारी गर्दा समेत चुक्ता पुँजी पु¥याउन दर्जनौ संस्थालाई धौधौ भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप