सुर्खेतमा यातायात व्यवसायीहरूबिच लफडा : खुकुरी र ढुङ्गामुढा प्रहार गरेको आरोप
सुर्खेत । शनिवार बिहान सुर्खेत बसपार्क क्षेत्रमा भएको दुई यातायात व्यवसायीहरूबिचको लफडाको विषयमा पीडित भनिएको ‘भिजिट कर्णाली’ प्रालिले घटनाको विषयमा पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ ।
प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले आफूहरूमाथि खुकुरी, ढुङ्गा, मुढा प्रहार गरिनुका साथै टिकट बुकिङ काउन्टर समेत तोडफोड गरिएको बताए । आफ्ना दुई जना कर्मचारीहरू समेत घाइते भएको बताउँदै उनले उक्त घटनामा प्रशासनले समेत सहयोग नगरेको बताए ।
भिजिट कर्णालीले पुस २६ गतेबाट बुलबुले चोकमा काउन्टर राखी स्कार्पियो सेवा सञ्चालनमा ल्याएको छ । तर, संयुक्त यातायात प्रालिका मान्छेहरूले बसपार्क भन्दा बाहिर काउन्टर राखेर यातायात सञ्चालनमा आएको र बसपार्कबाट नै टिकट काट्ने काम हुनुपर्ने भन्दै विवाद गरेका थिए ।
अध्यक्ष शाहीले स्वतन्त्रतापूर्वक आफ्नो पेसा व्यवसाय गर्न पाउने मौलिक हकको बर्खिलाप हुने गरी दर्जनौँ केटाहरू आई टिकट काउन्टर तोडफोड गरिएको बताए । साथै आफ्ना कर्मचारीमाथि धारिलो हतियार प्रयोग गरी चोट लागेको तर, प्रहरीले ती व्यक्तिहरूमाथि कारबाही नगरेको गुनासो उनको छ ।
संयुक्त यातायातका व्यक्तिहरूका कारण गाडी सञ्चालनमा अवरोध भएको र टिकट काटी गन्तव्यमा जान लागेका यात्रुहरू बिचल्लीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण