प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ ।
यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ ।
यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।
काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य