बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०७ माघ २०८०, ११ : १०
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा ४०० रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।
यसबाहेक, आज चाँदीको मूल्यमा भने झनै गिरावट आएको छ । महासंघका अनुसार गत साताको शुक्रवारको तुलनामा आज ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । शुक्रवार सुनको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, आज १३ सय ९० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण