सुदूरपश्चिमबाट लक्ष्यअनुसार धान खरिद गर्न सरकार असफल
धनगढी । सरकारी स्वामित्वको खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशबाट लक्ष्यअनुसार धान खरिद गर्न असफल देखिएको छ । ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य बनाएको कम्पनीले जम्मा २१ हजार ७८७ क्विन्टल मात्रै धान खरिद गरेको हो । आफ्नो खरिद लक्ष्य अनुरूप कम्पनीले ५३ हजार २१३ क्विन्टल धान खरिद गर्नै नसकेको हो ।
समयमा धान खरिद नगर्नु, बजार मूल्यभन्दा सस्तोमा धान खरिद गर्नु र सीमित स्थानमा मात्रै खरिद डिपो सञ्चालन गर्दा लक्ष्य हासिल हुन नसकेको बताइएको छ ।
कम्पनीका सुदूरपश्चिम प्रमुख इन्जिला बस्नेतका अनुसार यस वर्ष कैलालीमा ६० हजार क्विन्टल र कञ्चनपुरमा १५ हजार क्विन्टल गरी सुदूरपश्चिममा ७५ हजार क्विन्टल धान खरिद कोटा थियो । तर कैलालीबाट १८ हजार ७८७ र कञ्चनपुरबाट तीन हजार गरी जम्मा २१ हजार ७८७ क्विन्टल मात्रै धान खरिद भएको उनको भनाइ छ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढीमा बजारमा धान खरिद बिक्री भएकाले किसानले खाद्यको खरिद केन्द्रमा धान नल्याएको प्रमुख बस्नेतको भनाइ छ । किसानको धान नआएपछि कम्पनी पुस मसान्तदेखि खरिद कार्य बन्द गरेको बस्नेतले बताइन् ।
कम्पनीले गत वर्ष पनि लक्ष्य अनुसारको धान खरिद गर्न सकेको थिएन । सुदूरपश्चिममा ४० हजार क्विन्टल धान खरिदको कोटा रहेकोमा ३० हजार क्विन्टल मात्रै खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण