आउला प्रभासको फिल्म सलारको तेस्रो भाग ?
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सलारले रिलिज हुनेबित्तिकै एकपछि अर्काे गर्दै कयौँ रेकर्ड तोडिदियो । फिल्म २०२३ को ब्लकबष्टर फिल्म मध्ये एक बन्यो । नयाँ वर्षमा पनि फिल्मको कमाई जोरदार रह्यो । फिल्मले अहिले ओटीटीमा धमाल गरिरहेको छ ।
नेटफ्लिक्समा फिल्मको स्ट्रिमिङ भइरहेको छ । फिल्मलाई दर्शकले निकै मन पराए । मेकरहरुले अब फिल्मको दोस्रो भागमा काम सुरु गरेका थिए । यो फिल्मलाई २०२५ मा रिलिज गरिने खबर सुन्नमा आइरहेको छ । यसैबिच सालारका फ्यानहरूलाई अर्को खुबीको खबर आएको छ । जसअनुसार फिल्मको तेस्रो भाग पनि आउन सक्नेछ ।
सलारको सफलता र ओटीटी रिलिजको उत्सव मनाउन निर्देशक प्रशान्त नीतकी पत्नी लिकिथाले इन्ष्टाग्राममा ‘आस्क मि एनीथिङ्ग’ सेशन राखेकी थिइन् । यही बेला फ्यानहरूले उनीसँग फिल्मबारे कयौँ प्रश्न सोधेका थिए । फ्यानले सोधेका रोचक सवालमा लिकिथाले रमाइलो प्रतिक्रिया दिएकी थिइन् । एक युजरले सेसनमा सलारको तेस्रो पार्ट पनि बन्छ ? भनेर सोधेका थिए । यसको जवाफमा लिकिथाले स्पष्ट रूपमा बन्दैन भनिनन्, न त सम्भावनालाई नकारिन् । यसको उत्तर सलार पार्ट २को अन्त्यमा थाहा हुने उनले बताइन् । अखिल अक्किनेनी सलार पार्ट २ मा कोही भूमिका निभाउँछन् त भनेर अर्का युजरले सोधेको प्रश्नमा उनले यसलाई पूरै अफवाह बताइन् ।
सुन्नमा आएअनुसार नील र उनको टिमले पहिला नै दोस्रो भागको केही दृश्य सुटिङ गरिसकेका छन् । फिल्मको टीजरमा देखिएका गोलीबारीका केही दृश्य दोस्रो भागको सिन जस्तो देखिएको थियो । अहिले सलार टिम फिल्मको सफलता ‘सेलिब्रेट’ गरिरहेको छ । हालै मात्र बैंगलुरुमा फिल्मको सक्सेस पार्टीको आयोजना गरिएको थियो । खबरका अनुसार सलार दोस्रो भागको सुटिङ प्रभासको आगामी फिल्म पूरा भएपछि सुरु हुनेछ । अहिले प्रभास कल्कि २८९८ एडीको शूटिङमा व्यस्त छन् । यसबाहेक उनको लिस्टमा निर्देशक मारुतिको हरर कमेडी फिल्म पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण