उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सरकारले माग्यो सुझाव
काठमाडौँ । सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मस्यौमाथि राय तथा सुझाव माग गरेको हो ।
उक्त प्रारम्भिक मस्यौदा समेत सरकारले वेबसाइट मार्फत सार्वजनिक गरेको छ । उक्त मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मन्त्रालयले आवश्यक सुझाव माग गरेको हो ।
त्यसका लागि निश्चित ढाँचामा विधेयकबारे १५ दिनभित्रमा सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । स्वदेश तथा विदेशमा रहेका शिक्षा प्रेमी, विद्वान बुद्धिजीवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आबद्ध महानुभावहरु, सरकारी/सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग सरोकार राख्ने तथा सरोकारवाला निकायले सुझाव पेस गर्न सक्नेछन् । आवश्यक सुझावबाट प्रस्तुत विधेयक अझ बढी समृद्ध हुने मन्त्रालयको अपेक्षा रहेको जनाएको छ ।
यसअघि विद्यालय शिक्षा विधेयकमाथि आवश्यक सुझाव माग नगर्दा निकै विवादमा आएको थियो । जसले गर्दा उक्त विधेयकमाथि १५३ जना सांसदहरूले १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव हालेका छन् । शिक्षा विधेयकलाई विवादमा नल्याउन सरकारले मस्यौदामा नै आवश्यक सुझाव माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण