मलेसियाको नीजि कम्पनीसँगको सम्झौता कार्यान्वयन नहुने
काठमाडौँ । मलेसियाको एक कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको सम्झौता कार्यान्वयन नहुने भएको छ । प्रति नेपाली कामदार ४५ अमेरिकी डलर उठाउन पाउने गरी भएको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको हो ।
बोर्डले मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग नेपाली श्रमिकलाई अनलाइनमार्फत नियमन गर्नेगरी सम्झौता गरेको थियो । उक्त सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको थियो ।
मलेसियामा रहेका नेपाली श्रमिकहरूको राहत, उद्धार लगायतका कल्याणकारी कार्य गर्ने भन्दै सम्झौता गरिएको थियो । तर, उक्त सम्झौतामा चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले समेत तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
सोही आधारमा यो विषयमा सरोकारवालासँग थप छलफल गरेर मात्र टुंगोमा पुग्ने भन्दै तत्काल कार्यान्वयन नहुने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । प्रधानमन्त्रीले उक्त सम्झौता कार्यान्वयन नगर्न भन्दै पुस २५ गते नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण