रुकुम पश्चिममा खुकुरी प्रहार गरी एक बालकको हत्या
सुर्खेत । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक जना बालकको हत्या गरिएको छ ।
रुकुम प्रहरीले दिएका जानकारी अनुसार मुसिकोट नगरपालिका–११, को कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला पर्ने रोल्पाको परिवर्तन गाउँपालिका—४, पाछावाङमा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
डाँगी दिदीको घरमा आएका थिए । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका–११, कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको पनि प्रहरीले बताएको छ ।
रुकुम प्रहरीका कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ ।
घटना आइतबार दिउँसो १२ बजेतिरको हो । हत्या गर्ने चन्द्रबहादुरलाई पक्राउ गरिएको छ भने घाइते पुनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार हत्या गर्ने चन्द्रबहादुरको मानसिक अवस्था ठिक नभएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण