आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

सोमबार, ०८ माघ २०८०, ११ : ०८
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।  यसअघि केन्द्रीय बैंकले पुस २९ गते १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप